NEPALESE IN THE NORWEGIAN ARMY!

नर्वे सेनामा पहिलो पटक नेपाली युवाको समूहसमेत भर्ती भएर आफ्नो देशलाई चिनाउन सफल भएका छन्।

नर्वे सरकारले विश्वभरका ११७ देशका नागरिकले प्रतिस्पर्धा गर्न पाउने गरी सेनामा भर्ती खुलाएको थियो। जसमा ८ जना नेपाली युवा भर्ती हुन सफल भएका छन्।

नर्वे सेनामा पहिलो पटक नेपाली युवाको समूहसमेत भर्ती भएर आफ्नो देशलाई चिनाउन सफल भएका छन्। यो सबै नेपालीका लागि गर्वको विषय बनेको छ।

भर्ती हुनका लागि शारिरिक व्यायामलगायतका, अन्तर्वार्ता, मेडिकल जस्ता विभिन्न टेस्टहरु पास गर्नुपर्ने हुन्छ। भर्ती भएका सैनिकले पाँच वर्षका लागि कन्ट्रयाक्ट साईन गरेका हुन्छन्। सो अवधि सकिएसँगै उनीहरु घर फर्किन पाउँछन् भने थप कन्ट्रयाक्ट लिन पनि सक्छन्। यस भर्तीमा भने पेन्सनको व्यवस्था हुँदैन।

भर्ती भएका ८ जनामध्ये रोल्पाका किरण राना मगर पनि रहेका छन्। उनी रोल्पाबाट नर्वे सेनामा भर्ती हुने पहिला व्यक्ति समेत हुन्। नर्वे सेनामा भर्ति हुन सफल किरणले सो ठाउँमा पुग्न पाउँदा आफूले निकै गर्वको महसुस गरेको जनाएका छन्।

‘मेहनतका साथ यस ठाउँसम्म पुग्न पाउँदा निकै गर्वको महसुस भएको छ’ उनले भने ,‘नेपालीले विश्वको जुनसुकै कुनामा भए पनि आफ्नो मेहनत र परिश्रमले केही गर्छ है भन्ने लाग्छ। नर्वे सेनामा भर्ती हुनु म लगाएत मेरो परिवार र देशका लागिसमेत गर्वको विषय हो।’

ब्रिटिस आर्मी, सिंगापुर पोलिस र ईण्डियन आर्मीले नेपाली युवाका लागि विभिन्न समयमा भर्ती खुलाउदै आए पनि अन्य विभिन्न देशहरुले भने आधिकारिक रुपमा नेपालीका लागि सेनामा भर्ती खुलाएका छैनन्। कतिपय नेपालीहरु केही समयका लागि कन्ट्रायाक्टमा विभिन्न देशको सेनामा भर्ती भने हुँदै आएका छन्।

नर्वे विश्वकै विकसित देशमध्ये एक हो। मानव विकास सूचकांक (ह्यूमन डेभलपमेन्ट ईन्डेक्स)मा समेत नर्वे पहिलो नम्बरमा रहेको छ। विदेशी सेनामा भर्ती भएका व्यक्तिलाई कतिपय देशहरुले कम समयमै आफ्नो देशको नागरिकता समेत उपलब्ध गराउँदै आएका छन्। नेपाल समचारपत्रमा खबर छापियाको छ । https://www.salutegorkha.com/

Leave a Reply

Your email address will not be published. Required fields are marked *