INDIAN GOVERNMENT STOPPED NEPALESE WOMEN To JOIN THE INDIAN ARMY! 

भारतीय सेनाले आफ्नो गोर्खा रेजिमेन्टमा नेपाली महिलालाई रोक!

भारतीय सेनाले आफ्नो गोर्खा रेजिमेन्टमा नेपाली महिला लाई रोक लगाउने र भारतीय गोर्खालीहरुलाई प्राथमिकता दिने नीति अन्तर्गत महिला मिलिट्री पुलिसमा नेपालीलाई भर्ना हुन रोक लगाएको छ ।

गएको मे महिनाको २८ तारिखमा भारतीय सेनाले महिला सैनिकलाई जनरल ड्युटीको अनुमति दिइएको, १०० महिला मिलिट्री पुलिस भर्ती गर्ने सूचना निकालेको थियो, जसमा नेपाली र भारतीय गोर्खालीले अन्लाइन आवेदन दिन सक्ने भनिएको थियो । तर, इन्टरनेशनल बिजनेस टाइम्सका अनुसार भारतीय सेनाले त्यसपछि एक संशोधन जारी गरेको छ । जसमा भारतीय गोर्खालीहरु मात्रै भर्ती हुन पाउने उल्लेख गरिएको छ ।

भारत स्वतन्त्र भएयता भारतका हरेक युद्धमा गोर्खालीहरु सहभागी भएका छन् । भारतीयहरु गोर्खालीहरुको बहादुरीबाट निकै प्रभावित रहने गरेका छन् । भारतीय सेनाको गोर्खा रेजिमेन्टमा नेपालीहरुको भर्ती नेपाल, भारत र बेलायतबीचको त्रिदेशीय सम्झौतामा आधारित छ र यो सम्झौता तीन देशबीच १९४७ मा भएको थियो ।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *